बैशाख २३ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आफू कसैको पनि दबाबमा नपर्ने र भ्रष्टाचारी एवं नक्कली शरणार्थी प्रकरणमा जोडिएकामाथिको कानुनी कार्बाही जारी रहने स्पष्ट पारेका छन् ।
एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा दुई घण्टा लामो छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, म कसैको पनि दबाबमा पर्दिन, दोषी कोही नछुटुन् निर्दोष कोही नपरुन भन्ने मान्यताबाट सरकार दृढताका साथ अघि बढ्छ ।
प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही हुने दाबी गरेका छन्।
पछिल्ला दुबै भेटमा ओलीले शरणार्थी प्रकरणबारे चासो भने राखेको जानकारी उनले दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline