शरणार्थी प्रकरणमा फरार रहेका टोप बहादुर रायमाझीका विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न ओली फेरी पुगे सिंहदरबार

शरणार्थी प्रकरणमा फरार रहेका टोप बहादुर रायमाझीका विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न ओली फेरी पुगे सिंहदरबार

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

बैशाख २३ काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि पक्राउ पूर्जी जारी भए लगत्तै फरार रहेका एमाले सचिव एवं पूर्व उपप्रधान एवं गृहमन्त्री टोप बहादुर रायमाझीको विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री भेट्न सिंहदरबार गएका छन् ।

१२ बजे सिंहदरबार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच कुराकानी भईरहेको छ । यस अघि पनि दुई नेताबीच कुराकानी भएको थियो ।

ओलीले यसअघि वैशाख २१ गते प्रधानमन्त्री दाहाललाई भेटेर पूर्वउपप्रधानमन्त्री तथा सांसद रायमाझीलाई बाटोबाटै हत्कडी लगाउन नहुने बताएका थिए ।

अर्घाखाँचीमै हुँदा पक्राउ पूर्जी जारी भएको सूचना पाएपछि रायमाझी सम्पर्क विहीन भएका छन् । रायमाझीका छोरा सन्दीप पक्राउ परीसकेका छन् । सन्दीपको नाममा डेढ करोड रुपैया नवील बैंकको चेक काटिएको फेला परेको थियो ।

एमालेमै रहेका पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई पनि पक्राउ परिसकेका छन् । बादलका छोरा प्रतीक लुकिछिपि बसिरहेका छन् । राईका छोरा निरज पनि भागेका छन् । उनीहरुको खोजीलाई प्रहरीले तीव्रता दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ