जनयुद्धबाट शान्ति प्रकृयामा आँउदा म बुद्धको ज्ञानबाट प्रभावित भएँ : प्रचण्ड

जनयुद्धबाट शान्ति प्रकृयामा आँउदा म बुद्धको ज्ञानबाट प्रभावित भएँ : प्रचण्ड

  • शुक्रबार, बैशाख २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

बैशाख २२ लुम्विनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बुद्धको ज्ञान र दर्शनबाट प्रभावित भएको बताएका छन् ।
२५६७ औं बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू ुजनयुद्धुबाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताएका हुन्।

‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ,’ प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको बताए।

प्रचण्डले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको पुष्टि गर्ने बताए।

 

उनले बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको दाबी गरे।

समारोहमा लिखित मन्तव्य वाचन गर्दै प्रधानमन्त्री प्रचण्डले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने बताए।

ल्अभिि
‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन तर पनि नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञानरविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्ने छ,’ उनले भने।

 

मानव जातिले विश्वभरी आर्जन गरेका ज्ञान र दर्शन सबै मानव जातिका साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली दर्शनको वैभवशाली इतिहासलाई प्रचारप्रसार प्रवर्द्धन गर्ने काममा भने नेपाली बौद्धिक समुदायले ध्यान दिनुपर्ने बताए।

‘हाम्रो आफ्नै मौलिक दर्शन र चिन्तनलाई नजरअन्दाज गरेर हाम्रो दर्शन संस्कृति र सभ्यताको यात्रामा सफलता प्राप्त गर्न सकिँदैन, हाम्रो संस्कृति र सभ्यताको प्रवर्द्धन गर्ने प्रचारप्रसार गर्ने काम हाम्रै बौद्धिक समुदायको हो,’ उनले भने।

बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान हेलिकप्टरमार्फत् लुम्बिनी आएका हुन्।

 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास गुरूयोजना पूरा गर्न प्राथमिकता दिने बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता सम्पन्न भएको मूल समारोह पूर्व लुम्बिनीमा बिहान शान्ति र्‍याली निकालिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ