कांग्रेसबाट तीन मन्त्री थपिए, गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

कांग्रेसबाट तीन मन्त्री थपिए, गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

  • बुधबार, बैशाख २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

वैशाख २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले कांग्रेसबाट तीन मन्त्री थप गर्दै फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम आज तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।

नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले गुरुङ, बस्नेत र लिम्बूलाई मन्त्री नियुक्त गरी कार्यभार तोकेको तोकिएको छ ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

मन्त्री नियुक्त भएका गुरुङ र लिम्बू कोइराला समूहका नेता हुन् भने बस्नेत संस्थापन पक्षका नेता हुन् । कोइराला समूहले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दा एक महिनासम्म कांग्रेसबाट मन्त्रीको नाम नदिएका सभापति देउवाले अन्ततः पेलेरै मन्त्री चयन गरेका छन् । कांग्रेसको कोटामा ८ मन्त्री पाउँदा देउवाले आफूनिकट ६ जनालाई अवसर दिएका छन् भने कोइराला समूहबाट दुई जनामात्रै मन्त्री बनेका छन् ।
यसअघि गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएपछि नेता कोइराला समूहले त्यसमध्ये तीन मन्त्री पाउनुपर्ने दाबी गर्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

पहिलो चरणमा चारै जना सभापति शेरबहादुर देउवा पक्षबाट मन्त्री बनेका थिए । पछि देउवानिकट एनपी साउद परराष्ट्रमन्त्री भए । तर ढिला गरी मन्त्रिपरिषद् विस्तार गराएपनि देउवाले ८ मध्ये ६ मन्त्री आफ्नो समूहबाट बनाएर कोइराला पक्षलाई दुई वटा मन्त्रालयमै सीमित गरेका छन् ।
पार्टीको महाधिवेशनमा ४० प्रतिशत मत पाएको कोइराला समूहलाई सभापति देउवाले मन्त्री चयनमा २० प्रतिशतमा सीमित गरिदिएका हुन् ।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रीहरुको सपथ बिहीबार दिउँसो तीन बजे हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ