रास्वपालाई मन्त्रिपरिषद्‌मा सहभागी गराउनेबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

रास्वपालाई मन्त्रिपरिषद्‌मा सहभागी गराउनेबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

  • बुधबार, बैशाख २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

वैशाख २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अपरान्ह ३ बजे सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

सरकारमा रहेका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले बताए । सरकारमा सहभागी हुनुभएका दलहरूका शीर्ष नेताहरूको बैठक बोलाएको छ । सरकारलाई समर्थन गर्ने दलहरूलाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताईएको छ । सरकारमा समर्थन गर्ने दलहरूलाई सरकारमा ल्याउँदा उहाँहरूले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।

सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउनेबारे प्रधानमन्त्री दाहालले सत्तारुढ दलहरूसँग छलफल गर्न लागेका हुन् । रास्वपाका सभापति रवि लामिछाने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर आएपछि सरकारमा सहभागी हुन चाहेका छन् ।

रास्वपाले कि मन्त्रिपरिषद्‌मा सहभागी हुने कि प्रतिपक्षमा जाने निर्णय गर्न आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । यसबीचमा लामिछानेले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग छलफल गरिसकेका छन् । रास्वपाले पार्टीलाई मन्त्रिपरिषद्‌मा गृहलगायतका मन्त्रालय दिनुपर्ने र नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग अघि सारेको छ । ती माग पूरा नभए समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने चेतावनी रास्वपाले दिएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे पनि बैठकमा छलफल हुने छ । कांग्रेसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालय रित्तै छन् भने जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय पनि मन्त्रीविहीन छ । बैठकमा संसद्‌मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे पनि छलफल गरिने बताइएको छ । यसका साथै समसामयिक राजनीतिक विषयमा सत्तारुढ दलहरूबीच कुराकानी हुने भएको छ ।

सरकारमा हाल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । रास्वपा, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतले सरकारलाई समर्थन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ