बैशाख १८ चितवन । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन् । आज चितवनको शिवनगर स्थित आफ्नै निवासमा पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रचण्डले यो सरकार पाँचै वर्ष टिक्नेमा शंका नगर्न आग्रह गरे ।
उनले रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको र केही दिनमा टुंगोमा पुग्ने पनि बताए । रवि लामिछानेले पुरानै मन्त्रालय माग्नु अस्वभाविक नभएको भन्दै तर त्यही नै हुन्छ भन्ने नभएको पनि बताए ।
प्रचण्डले लामिछानेलाई संकेत गर्दै भ्रष्टाचारको कुन कुन फाईल खोल्नु पर्ने हो त्यसका लागि आफू तयार रहेको पनि बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline