आगामी आर्थिक बर्षबाट सबै क्षेत्रमा कडाईका साथ लागू गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

आगामी आर्थिक बर्षबाट सबै क्षेत्रमा कडाईका साथ लागू गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

  • सोमवार, बैशाख १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

बैशाख १८ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य लागू गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

१३२ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको पनि बताएका छन् ।

उनले सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिँदै किशान, मजदुरको हक हितका पक्षमा आफू्र उभिरहने प्रण गरेका छन् ।

“नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।” प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

रास्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी प्रधानमन्त्रीले दिएका छन् ।

May be an image of text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ