संसदले गठन गर्यो दश वटा विषयगत समिति

संसदले गठन गर्यो दश वटा विषयगत समिति

  • शुक्रबार, बैशाख १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

बैशाख १५ काठमाण्डौँ । प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ। प्रतिनिधि सभा नियमावली पारित भएको लामो समयपछि सभाले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाएको हो। संसदमा प्रतिनिधित्व गर्ने दलहरूले समितिमा रहने सदस्यहरूको नाम दिन समय लगाउँदा समिति गठनमा ढिलाइ भएको थियो।

प्रतिनिधि सभाका समितिहरूले सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरेर टुङ्गो लगाउने काम गर्दै आएको छ। त्यस्तै सार्वजनिक लेखा समितिले सरकारका कामको परिक्षण गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गर्ने गर्दछ।

यस्ता समितिहरूले अब नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन गर्नेछन्। त्यतिबेलासम्म समितिको नेतृत्व जेष्ठ सदस्यले गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ