कार्यकर्ता प्रशिक्षणमा ओलीले भने -साथीको बात र शत्रुको लात सहने नगरौं, यसले पार्टीलाई कमजोर बनाउँछ

कार्यकर्ता प्रशिक्षणमा ओलीले भने -साथीको बात र शत्रुको लात सहने नगरौं, यसले पार्टीलाई कमजोर बनाउँछ

  • बुधबार, बैशाख १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

झापा, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताएका छन् ।

चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको भन्दै ओलीले एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको बताए । आज बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।

खेतको होस् या बारीको पाटो,सहर,गाउँबस्ती,देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ उनले भने, ‘पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्नुपर्छ ।’

ओलीले थपे, ‘साथीको बात नसहने तर शत्रुको लात सहने नगरौं, यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास,सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ,पार्टीलाई बलियो बनाऔँ ।’

उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्‍याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’अभियानलाई मिसनग्रास रुटमार्फत् तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ