तनहुँ १ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही ठाउँमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाइदिएर बधाईसमेत दिएका छन्।
भट्टराईले राजनीतिक संस्कार देखाँउदै आफूलाई हराएर जितेका स्वर्णिमलाई बधाई दिँदै पराजय स्वीकारेका छन् । रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए ।
आज दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ।
उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline