तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै, चितवन र बाराको गणना शुरु हुँदै

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै, चितवन र बाराको गणना शुरु हुँदै

  • सोमवार, बैशाख ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

बैशाख ११ काठमाण्डौँ । प्रतिनिधि सभा सदस्यका लागि आइतबार उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ–१ को मतगणना अहिले जारी छ भने बारा–२ र चितवन–२ मा भने आज बिहान मात्रै गणना शुरु हुनेछ ।

तनहुँमा काँग्रेस छाडेर रास्वपा गएका स्वर्णिम वाग्लेले दोव्वर मतको अग्रता कायम राखेका छन् । वाग्लेले ५०११ मत प्राप्त गर्दा काँग्रेसका गोविन्द भट्टराई २३५१ मतका साथ निकै पछि परेका छन् ।

त्यसै गरी एमालेका सर्वेन्द्र खनाल पनि १५४९ मत ल्याएर निकै पछि रहेका छन् । अहिले सम्म पाँच वटा वडाको मत गणना सकिएको छ ।

बारा २ को गणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
चितवन–२ मा पनि आज सर्वदलीय बैठक बस्दैछ। सर्वदलीय बैठक बसेर सहमति भए पछि मतगणना शुरु गर्ने निर्वाचन अधिकृतको कार्यलयले तयारी गरेको छ । चितवनको मतगणना स्थललाई तारजाली सहित सुरक्षित बनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ