बैशाख १० काठमाण्डौँ । चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन अन्तर्गत मतदान सकिएको छ । पाँच बजे नै मतदानको समय सकिए पनि लाईनमा बसेकालाई केही ढिलो सम्म मतदान गर्ने व्यवस्था गरिएको छ ।
आजको निर्वाचनमा गत मंसीरमा जस्तो उत्साहजनक मतदान भएको पाईएन । चितवनमा मंसीरमा भन्दा करीब ७ प्रतिशत मत कम खसेको छ । यसै गरी बारा र तनहुँमा पनि मत कमै खसेको निर्वाचन कार्यलयले जनाएको छ । यद्यपि, सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी मत भने खसेको छ ।
संभवतः आजै रातिबाट मतगणना शुरु गर्ने र पर्सी सम्ममा नतिजा दिईसक्ने निर्वाचन आयोगले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline