नयाँ समाजवादी मोर्चा बनाउने प्रचण्ड र माधव नेपालको घोषणा

नयाँ समाजवादी मोर्चा बनाउने प्रचण्ड र माधव नेपालको घोषणा

  • आइतवार, बैशाख १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

वैशाख १०,काठमाण्डौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गराउने बताएका छन् ।

नेकपा स्थापना दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा मार्फत पार्टी एकताका लागि प्रयास हुने बताए ।

सबै समाजवादी मोर्चामा आबद्ध भएर भविष्य उज्वल रहेको सन्देश दिनु पर्ने उनको भनाई छ । उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताएका थिए ।

यसै गरी प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत आर्थिक परिवर्तनका लागि दीर्घकालीन महत्वको योजना ल्याउने पनि बताए ।

यसै गरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कार्यक्रममा समाजवादी मोर्चा बनाउने उद्घोष गरे । अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढने बताए ।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा एवं प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गर्ने बताए ।

विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि उनले बताए । देशको समस्या समाधान गर्न कम्युनिष्ट पार्टीको विकल्प नभएको पनि उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ