रास्वपा र अन्य दलका कार्यकर्ताबीच कुटाकुट भएपछि भरतपुरको नयाँ किरण माविमा मतदान स्थगित

रास्वपा र अन्य दलका कार्यकर्ताबीच कुटाकुट भएपछि भरतपुरको नयाँ किरण माविमा मतदान स्थगित

  • आइतवार, बैशाख १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

बैशाख १० चितवन । उपनिर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविमा तनाव भएपछि मतदान रोकिएको छ । सभापति रवि लामिछाने आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनको पक्षमा नाराबाजी गर्दै मतदानस्थल तर्फ गएपछि अन्य दलका कार्यकर्ताले बिरोध गरेका थिए । सो क्रममा धकेलाधकेल हुँदा कुटाकुट समेत भएको थियो । त्यसपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।

झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो। आफूहरुलाई तीन घण्टादेखि लाइनमा उभ्याइएको भन्दै मतदाताले आन्दोलन थालेका हुन्।

त्यहाँ एमालेका कार्यकर्ताहरुले रास्वपा सभापति रवि लामिछानेले माफी मागेपछि मात्रै मतदान अघि बढ्ने अडान लिइरहेका छन्। विवादपछि मतदानस्थलबाहिर सेनाको थप टोली पनि पुगेको छ। मतदानस्थल क्षेत्रमा अहिले सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको पनि टोली तैनाथ भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ