१० वैशाख, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी रहेको छ। गठबन्धनका तर्फबाट काँग्रेसको उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।
यो निर्वाचनमा एमाले उम्मेद्धार रामप्रसाद न्यौपाने र रास्वपा उम्मेद्धार रवि लामिछानेले भोट हाल्न नपाउने भएका छन् । न्यौपानेको नामावली अर्को निर्वाचन क्षेत्रमा रहेको र लामिछानेको नामावली काठमाण्डौँमै रहेकाले मत दिन नपाउने भएका हुन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं। २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline