बैशाख ९ काठमाण्डौँ । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले सो जानकारी दिएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।
उनको शिक्षण अस्पतालमा उपचार हुँदा हुँदै भारतमा रिफर गरिएको थियो । उनको पेटमा पानी जमेर ईन्फेक्सन भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline