उपनिर्वाचनको मौन अवधि शुरु, प्रचार गर्न नपाईने, सामाजिक सञ्जाल पनि निगरानीमा

उपनिर्वाचनको मौन अवधि शुरु, प्रचार गर्न नपाईने, सामाजिक सञ्जाल पनि निगरानीमा

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

बैशाख ८ काठमाडौं । प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू भएको छ । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा आइतवार उपनिर्वाचन हुँदैछ । बिहीबार अबेरसम्म दलहरु उपनिवाृचनको प्रचारप्रसारमा व्यस्त थिए ।

मौन अवधिको पालना भए नभएकोबारे निर्वाचन आयोगले कडाईका साथ निगरानी गर्ने जनाएको छ । यस अवधिमा सामाजिक सञ्जाललाई समेत निगरानी गर्ने आयोगले जनाएको छ ।

मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारले यो समयमा कुनै पनि माध्यमबाट चुनावी प्रचार प्रसार गर्न पाउँदैनन् ।

यसपटक उपनिर्वाचनको उम्मेदवारी दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा यसले ठूलो आकार पाएको छ ।

देशको सम्पूर्ण राजनीतिक शक्ति तीन वटा निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ । आमनिर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुन लागेको भए पनि यसले आवधिक निर्वाचनकै जसरी राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ