बैशाख ७ काठमाण्डौँ । यस अघि भएको सहमति कार्यन्वयन १५ दिन भित्र नगरे काठमाण्डौँको फोहोर फाल्न नदिने नुवाकोटको ककनी गाँउपालिका र धादिङको धुनिवेशी नगरपालिकाले चेतावनी दिएको छ ।
धुनीवेशी र ककनीका प्रमुखसहित प्रभावित वडाका अध्यक्ष र सरोकारवाला निकायबीच बिहीबार बिहान भएको बैठकले यसअघि भएको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय गरेको छ।
बैठकपछि धुनीवेशीका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने उल्लेख छ।
‘सहमति भएको एक वर्ष पुग्न लाग्यो तर कार्यान्वय भएन। पटक–पटक ध्यानाकर्षण गर्यौं, संघर्ष गर्यौं तर उहाँहरूले सुन्नु भएन,’ ककनीका अध्यक्ष तामाङले भने, ‘अबको १५ दिनभित्र अघिल्लो सहमति कार्यान्वयनको प्रक्रियामा नलगिए बञ्चरेडाँडामा फोहोर ल्याउन दिन्नौं।’
दुई पालिकाले अघि सारेका मागहरु हेर्नुस् :
