सत्ता गठबन्धनले आज चितवन र बारामा चुनावी सभा गर्दै , शीर्ष नेताले संवोधन गर्ने

सत्ता गठबन्धनले आज चितवन र बारामा चुनावी सभा गर्दै , शीर्ष नेताले संवोधन गर्ने

  • बिहिबार, बैशाख ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

बैशाख ७ काठमाण्डौँ । सत्ता गठबन्धनले आज बारा र चितवनमा चुनावी सभा गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सत्ता गठबन्धन दलका शीर्ष नेता चुनावी सभाका लागि बारा र चितवन जाने कार्यक्रम छ।

बारामा कार्यक्रम गरेपछि आजै चितवनको कालिका नगरपालिका पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा अपरान्ह ३ बजे चुनावी सभा हुनेछ।

सत्ता गठबन्धनले तनहुँको डुम्रेमा बुधबार चुनावी सभा गरेका थिए।

तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनबाट उपनिर्वाचनका लागि उम्मेदवार छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ