यूएईमा एक नेपालीले जिते रु. ७० करोडको चिठ्ठा

यूएईमा एक नेपालीले जिते रु. ७० करोडको चिठ्ठा

  • बिहिबार, बैशाख ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ। रोजगागरीको सिलसिलामा यूएईमा एक नेपालीले चिठ्ठामा ७० करोड रुपैयाँ जितेका छन्।

त्यहाँस्थित खालिज टाइम्समा प्रकाशित समाचारअनुसार पदम नाम गरेका एक नेपालीले २ करोड दिहराम (करिब ७० करोड रुपैयाँ) चिठ्ठामा जितेका हुन्। चिठ्ठा परेबापत दिइएको यो रकम सन् २०२३ पछिकै सबैभन्दा ठूलो हो।

पदमलाई बुधबार उक्त रकमबराबरको चेक हस्तान्तरण गरिएको थियो। उनी यूएईमा ट्याक्सी चालकका रुपमा कार्यरत छन्। उनले मासिक ५ हजार ७०० दिहराम आम्दानी गर्दै आएका थिए।

हालसालै पदमले महजुज र्याफल नामको चिठ्ठाको टिकट खरिद गरेका थिए। चेक लिँदै पदमले भने, ‘मलाई अझै पनि चिठ्ठा परेको विश्वास लागेको छैन।’

आफ्नी श्रीमती र छोरीलाई सोधेर १–१ वटा लक्की नम्बर लिएर चिठ्ठा किनेको पदमले बताए।

पदमले जहिले पनि आफूले सकेसम्म आवश्यकता पर्ने मानिसहरुलाई सहयोग गर्दै आएका थिए। ‘मलाई असहाय वृद्धवृद्धा र शारीरिक अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको थिएँ’, उनले भने, ‘अहिले मलाई यो चिठ्ठामा ठूलो धनराशि प्राप्त भएको छ। अब म अझै असहाय व्यक्तिहरुलाई भनेजति सहयोग गर्न समक्ष भएको छु।’

यसअघि यूएईमै चिठ्ठामा गुल्मीका एक नेपाली युवाले ३४ करोड रुपैयाँ जितेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी