बैशाख ४ काठमाण्डौँ । तीन मुख्य राजनीतिक दलबीच तत्काल प्रधानन्यायधीश नियुक्तिका लागि सिफारीस गर्ने सहमति भएको छ । तीन दलका शीर्ष नेताहरुको आज ओली निवास बालकोटमा भएको छलफलमा यस्तो सहमति जुटेको हो ।
१४ महिना देखि प्रधानन्यायधीश पद रिक्त रहेको छ । यसका लागि संवैधानिक परिषद्को बैठक बसेर सिफारीस गर्ने उनीहरुबीच सहमति भएको छ ।
यसै गरी आजको छलफलमा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि बिधेयक अघि बढाउने विषयमा पनि चर्चा भएको थियो ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरे सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline