बैशाख ४ काठमाण्डौँ । विगत केहि दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ।
यो बीचमा ३ दिन यता पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भै छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने तयारी भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक फाष्ट ट्रयाकबाट टुंगोमा पुर्याउने सरकारको तयारी छ । त्यसैका लागि प्रधानमन्त्रीले ओलीसँग निरन्तर संवाद गरीरहेका छन् । एमालेले यो विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न नहुने बताउदै आएको छ ।