सरकार बिस्तार किस्ता किस्तामा, आज एनपी साउद परराष्ट्रमन्त्री बन्दै

सरकार बिस्तार किस्ता किस्तामा, आज एनपी साउद परराष्ट्रमन्त्री बन्दै

  • आइतवार, बैशाख ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बैशाख ३ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्। आज काँग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दैछन् ।

यस अघि सातौ पटक मन्त्रीपरिषद् बिस्तार हुँदा पनि प्रधानमन्त्रीसँग ६ वटा मन्त्रालय रहेको थियो । काँग्रेस भित्र भागबण्डाको किचलोका कारण पनि मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको हो ।

साउदलाई आज दिउँसो ३ बजे पद तथा गोपनीयतको शपथ खुवाउने तयारी छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त प्रचण्डले आज साउदलाई परराष्ट्रमन्त्री बनाएपछि उनको जिम्मेवारीमा अझै ५ मन्त्रालय रहने छन्।

अझै काँग्रेसबाट केही र जसपाबाट मन्त्रीहरुको नाम आउन बाँकी रहेको छ । जसपाले उपनिर्वाचन अघि मन्त्रीको नाम दिन मानेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ