चैत्र २९ काठमाण्डौँ । मन्त्री हुन दुई करोड बढी रकम मागिएको अडियो ढाका कुमारले स्वीकार गरेका छन् ।
आज पार्टीले कार्बाही गर्नु अघि नै पत्रकार सम्मेलन गर्दै रास्वपा सांसद ढाका कुमारले जनवरिको अडियो अहिले चुनावको मुखमा ल्याउनु पार्टी बिरुद्धको षड्यन्त्र भन्दै गल्ती स्वीकारेका हुन् ।
ढाका कुमारले आफू स्वास्थ्य मन्त्री भएपछि प्रसाईको काम गरिदिने भन्दै २ करोड कोर टिमलाई तत्कालै सहयोग गर्नु पर्ने भन्दै प्रसाईसँग पैसा मागेका थिए ।
प्रसाईले यो अडियो सार्वजनिक गरेपछि अहिले रास्वपा र रवि लामिछानेमाथि गंभीर प्रश्न खडा भएको छ । उनले ७२ घण्टा भित्र कार्बाही नगरे मलाई गढीमाईमा बलि चढाउनु भनेर ईमोसनल अभिव्यक्ति दिए पनि ढाका कुमारलाई हाल सम्म कार्बाही गरीसकेका छैनन् ।
पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुको सट्टा उनले अदालतबाट क्लिनचिट पाएर आफू आउने उल्टो जिकिर गरेका छन् ।