तनहुँ १ का काँग्रेस उम्मेद्धार भट्टराईको प्रतिवद्धताः गरीबलाई निशुल्क पानी र बिजुली

तनहुँ १ का काँग्रेस उम्मेद्धार भट्टराईको प्रतिवद्धताः गरीबलाई निशुल्क पानी र बिजुली

  • बुधबार, चैत्र २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका गोविन्द भट्टराईले गरिब परिवारलाई पानी र बिजुली निशुल्क बनाउने प्रतिवद्धता जनाएका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि क्षेत्र केन्द्रित घोषणापत्र सार्वजनिक गर्दै भट्टराईले मेडिकल कलेज स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्‍याउने प्रतिबद्धता उनले गरेका छन् ।

पालिकाले प्रवाह गर्ने सेवालाई नागरिकको घर घरमा पुर्‍याउने व्यवस्था पाँच वर्षभित्र गर्ने उनले संकल्प गरेका छन् । तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसूति, क्यान्सर, मृगौला वा बालसम्बन्धी विशिष्टीकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् ।

जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिबद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशूली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।

व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिबद्धता उनको छ ।

प्रतिबद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ