चैत्र २८ काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहर नउठाउने निर्णयबारे मन्त्रिपरिषद् बैठकमा गंभीर छलफल भएको छ ।
काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको हो।
फोहोर उठाउने विषयमा बालेन शाहसँग थप छलफल गर्ने र निर्णय लिने सरकारले तयारी गरेको छ । यस्तै, आजको बैठकले आयातीत र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline