मन्त्री बन्न अढाई करोड बुझाउनु पर्ने भन्दै प्रसाईसँग पैसा माग्ने सांसदलाई गंभीर अनुसन्धान गर

मन्त्री बन्न अढाई करोड बुझाउनु पर्ने भन्दै प्रसाईसँग पैसा माग्ने सांसदलाई गंभीर अनुसन्धान गर

  • मङ्लबार, चैत्र २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

चैत्र २८ काठमाण्डौँ । म स्वास्थ्य मन्त्री हुने भए , पार्टीको कोर टिमलाई अढाई करोड तत्कालै बुझाउनु पर्ने भन्दै मेडिकल व्यवशायी दुर्गा प्रसाईलाई पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद ढाका कुमार श्रेष्ठमाथि गंभीर प्रश्न खडा भएको छ ।

दोहोरो नागरिकता र राहदानी हुँदा हुँदै टेलिभिजन प्रवेश गरेर चर्चा कमाएर भ्रष्टाचारीलाई कोच्ने भन्दै पार्टी खोलेका रवि लामिछानेले ठूला दलका बिरुद्ध नारा लगाएर लोकप्रियता बटुले । अहिले तिनै रविले मन्त्री बनाउन पैसा असुलेको आशंका बढेको छ । अडियोमा श्रेष्ठले कोर टिमलाई बुझाउनु पर्ने भनेका छन् । संसदमा पनि प्रश्न उठ्यो कोर टिम भनेको को हो ? कोर टिम भनेको पार्टी सभापति र उनले विस्वास गरेको खास पात्र वा पदाधीकारी बाहेक को हुन सक्छ ?

यो प्रश्न उठ्दै गर्दा बारामा ७२ घण्टा भित्र कार्बाही गर्न सकिन भने मलाई गढीमाईमा बलि चढाउनु होला भन्दै ईमोसनल अभिव्यक्ति दिएर फर्किएका रविले अख्तियारमा आफैले मुद्धा हाल्ने भनेका थिए । तर अहिले उम्म ढाका कुमारमाथि ठोस कार्बाही भएको छैन । छानविन अवधिका लागि मात्रै निलम्वन गरिएको छ ।

ढाका कुमार र उनले भनेको कोर टिममाथि अख्तियार र संसदीय छानविन समिति गठन गरेर अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
ढाका कुमारमाथि कार्बाही गर्ने विषयमै रास्वपा भित्र विवाद बढेको स्रोतको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ