अमृतपाललाई खोज्ने नाममा भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्दै संसदमा पन्तले जनाए आपत्ति

अमृतपाललाई खोज्ने नाममा भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्दै संसदमा पन्तले जनाए आपत्ति

  • सोमवार, चैत्र २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

चैत्र २७ काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका नाममा भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पन्तले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताए ।

सांसद पन्तले भने, “कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।”

अमृतपाल सिंह भारत टुक्रयाउन लागि परेको भन्दै उनी बिरुद्ध राजद्रोहको मुद्धा चलाएको भारतले उनलाई मोष्ट वान्टेड अपराधीको रुपमा खोजी गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ