रास्वपाका सांसद श्रेष्ठले दुई करोड मागेको विषयले तात्तियो सांसद , व्यग्यदेखि छानविन सम्मको माग

रास्वपाका सांसद श्रेष्ठले दुई करोड मागेको विषयले तात्तियो सांसद , व्यग्यदेखि छानविन सम्मको माग

  • सोमवार, चैत्र २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चैत्र २७ काठमाण्डौँ । रवि लामिछाने नेतृत्वको रास्वपाको सांसद ढाका कुमार श्रेष्ठले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवशायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक भए पछि आज संसदमा पनि यो विषयले बहस भएको छ ।

संसदमा बोल्दै काँग्रेस सांसद धनराज गुरुङले माथि बुझाउनु पर्नेछ भनेर भनिएको र त्यो माथिको को हो ? भन्दै उनले संसदीय छानविन समिति बनाएर यस विषयमा छानविन हुनु पर्ने माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन २ करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले माग गरे ।

ुप्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नका लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ? उनले भने, अनि सुन्छु दुधको साक्षी बिरालो बसेको । त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ? गुरुङले भने ।

यसै गरी एमाले सांसद रिषिकेस पोखरेलले श्वास्थ्यमन्त्रीको भाउ अढाई करोड रहेको भन्दै ब्यग्य गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे उनले भने, ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु अरु मालदार मन्त्रीहरुको कति होला ? ’

रास्वपा सचेतक सन्तोष परियारले ढाका श्रेष्ठले पैसा मागेको विषयमा पार्टीले छानविन गरिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ