चैत्र २७ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाका कुमार श्रेष्ठले आफ्नो र व्यवसायी दुर्गा प्रसाईंबीचको भनिएको संवादमा आवाज सम्पादन गरेको आरोप लगाएका छन्।
प्रसााईसँग दुई करोड रुपैयाँ मागिएको अडियो श्रेष्ठको नभएको दाबी गर्दै उनको सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा श्रेष्ठको आवाज सम्पादन गरी राजनैतिक भविष्य लक्षित गरी षडयन्त्र गरिएकोसमेत भनिएको छ।
व्यापारी दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएपछि सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गरी फोन सम्वादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठका नभएको दाबी गरेको हो।
विज्ञप्तिमा भनिएको छः ुएक अनलाइन मिडियाले मा।डा।ढाकाकुमार श्रेष्ठ र अर्का एक व्यक्ति बीच फोन सम्वाद भएको र सो सम्वादमा बोलेको अभिव्यक्तिहरु मा। डा। ढाकाबहादुर श्रेष्ठ नभएको र सो आवाज सम्पादन गरी नियोजित रुपमा राजनैतिक भविष्य लक्षित गरी गरिएको हो। ु
श्रेष्ठको सचिवालयले सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
यो करोडाँैको घुस प्रकरणमाथि अख्तियारले समेत छानविन गर्ने भएको छ । उनी सार्वजनिक पदमा रहेकाले उनीमाथि छानविन गर्ने अख्तियारले तयारी गरेको हो ।
रवि लामिछाने नेतृत्वको पार्टीमा मन्त्री पदका लागि तत्कालै दुई करोड चाहिने भन्ने कुरा सार्वजनिक अडियोमा सुनिएको छ । यसले सो पार्टीका नेताहरुमाथि नैतिक प्रस्न भने खडा भएको छ ।