बागमती प्रदेश सरकार विस्तार, काँग्रेसबाट बने दुई मन्त्री

बागमती प्रदेश सरकार विस्तार, काँग्रेसबाट बने दुई मन्त्री

  • आइतवार, चैत्र २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

चैत्र २६ हेटौडा । लामो समयको रस्साकस्सीपछि अन्ततः कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।

आइतबार मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको बागमती सरकारमा कांग्रेसका तर्फबाट दलका नेता लामासहित तीर्थबहादुर लामाले मन्त्रीका रुपमा शपथ लिएका छन्।

मन्त्रिपरिषदमा सहभागी दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थबहादुर लामा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एघार सदस्यीय मन्त्रिपरिषद रहेको प्रदेशमा आइतबार दुईजनाले सपथ लिएसँगै ६ सदस्यीय भएको छ। प्रदेशमा अझै पनि ५ मन्त्रालय नेतृत्वविहीन अवस्थामा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ