चैत्र २६ काठमाण्डौँ । दुर्गा प्रसाईसँग मन्त्री हुनका लागि दुई करोड बुझाउनु पर्ने भन्दै पैसा माग्ने रास्वपा सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीले एक साताका लागि निलम्वन गरेको छ ।
श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको बताए । अनुसासन समितिले छानविन गरेपछि अन्य निर्णय हुने जानकारी उनले दिए । उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।
भ्रष्टाचारीलाई जेल कोच्ने भन्दै उदाएको पार्टीका सांसद नै करोडौँ रकम घुस प्रकरणमा जोडिएको सार्वजनिक हुन थालेपछि सामाजिक सञ्जालमा भने असन्तुष्टी जनाउन थालिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline