प्रचण्ड देउवा र ओलीबीच संसद सञ्चालन र संक्रमणकालिन न्यायका विषयमा छलफल

प्रचण्ड देउवा र ओलीबीच संसद सञ्चालन र संक्रमणकालिन न्यायका विषयमा छलफल

  • शनिबार, चैत्र २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं, चैत २५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ । यो छलफलमा सभामुख समेत सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले संसद सञ्चालन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी दिए ।

सभामुख र शीर्ष नेताबीचको भेटमा संसद् संचालन र विधेयक छिटो टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जनाए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यी विधेयक छिटो टुंग्याउन जरुरी छ। सहमति जुटाउने भन्ने कुरामा सैद्धान्तिक रूपमा सबै सहमत छौं।’’ यो विषयमा थप छलफल गरेर टुंगोमा पुर्याउन चैत २८ गते फेरि छलफल हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

सरकारले तीन वटा विधेयकलाई प्राथमिकतामा राखेको छ। लामो समयदेखि संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको किनारा नलागेको भन्दै सरकारले योसँग सम्बन्धित विधेयकलाई प्राथमिकतामा राखेको छ। सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकलाई प्राथमिकता दिएको छ। सरकारमा सहभागी दलले विधेयकलाई छिटो बाटोबाट अगाडि बढाउन पहल गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ