एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले छाडे पार्टी, एमाले प्रवेश गर्ने

एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले छाडे पार्टी, एमाले प्रवेश गर्ने

  • शनिबार, चैत्र २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

चैत्र २५ काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनी एमाले प्रवेश गर्ने भएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले पार्टीले परिचय बनाए पनि पहिचान बनाउन नसकेको बताए ।

उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाए । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे । उनले एमालेमा फर्किने बताएका छन् ।

सम्मानित नेताको दर्जा पाए झलनाथ खनाल समेत एमालेमा फर्कने न्यौपानेको दाबी छ । तर खनालले यस विषयमा प्रतिकृया जनाएका छैनन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ