कोशी नामाकरणको बिरोधमा आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

कोशी नामाकरणको बिरोधमा आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

  • शुक्रबार, चैत्र २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

चैत्र २४ काठमाण्डौँ । सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए ।

सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ । यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब प्रहरीको लाठी लागेर घाइते भएका थिए। उपचारका क्रममा चैत १० गते धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ