यो नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज हो, अघिल्लाभन्दा अलि राम्रो छः प्रधानमन्त्री प्रचण्ड

यो नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज हो, अघिल्लाभन्दा अलि राम्रो छः प्रधानमन्त्री प्रचण्ड

  • बिहिबार, चैत्र २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

चैत २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम विगतको तुलनामा विकसित र परिमार्जित भएको दाबी गरेका छन् ।
उनले यसलाई सरकारमा रहेका दलको मात्रै नभई राष्ट्रिय सहमतिको नीति तथा कार्यक्रमको रुपमा रहेको बताए ।

बिहीबार १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले भने, ‘यो न्यूनतम साझा कार्यक्रममा अहिलेका १० दलको मात्रै होइन, यसमा यसअघिको गठबन्धन सरकारमा सहभागी दलहरूको पनि प्राथमिकताहरू समेटिएका छन् । त्यसरी हेर्दा यो राष्ट्रिय सहमतिको दस्तावेज हो भन्न सकिन्छ । त्यसकारण यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै राजनीतिक दलको पनि हो ।’

‘प्रधानमन्त्री भएपछि सात दलीय गठबन्धनभन्दा त्यसो समेतलाई अध्ययन गरेर सबै राम्रा कुरालाई व्यवस्थित र परिमार्जित रूपमा सरकारको साझा कार्यक्रम बनेको छ,’ उनले भने।

उनले दस दलका नेताहरूको दिमागसँगै यसअघिका नेताहरूको पनि दिमाग लागेकाले साझा न्युनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्दा फरक नपर्ने बताए।

‘अहिले दस दलका नेताले दिमाग लाएकै छ। पहिलेका पार्टीको पनि दिमाग लागेको छ। यसलाई राष्ट्रिय सहमतिकै साझा न्युनतम कार्यक्रम भन्दा फरक पर्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले जनताले सरकारबाट धेरै आशा र अपेक्षा गरेको बताउँदै त्यो अपेक्षा पूरा गर्न नयाँ प्रतिबद्धताको खाँचो रहेको बताए। त्यसैले साझा न्युनतम कार्यक्रममा समेटिएको कुराहरू कार्यान्वयनका लागि गठबन्धनमा आबद्ध सबैले जोड गर्नुपर्ने उनको भनाइ छ।उनले सरकारको नीति तथा कार्यक्रमको विज्ञहरूले प्रशंसा गरेको र गठबन्धन सरकार भएपनि नीति तथा कार्यक्रम सुधारिएको रुपमा आएको भन्दै कार्यान्वयनमा जोड दिन सुझाव दिएको सुनाए ।

नीति तथा कार्यक्रमले अहिलेको जनताको बदलिँदो माग र आवश्यकताहरूलाई सम्बोधन गर्दै प्रविधियुक्त, समतामुलक र सामाजिक न्यायसहितको समृद्ध समाज निर्माणका लागि मार्गदर्शन गर्ने उनको भनाइ छ ।’

‘अहिले जनताको माग र आवश्यकताहरू पूरा गर्नका लागि नयाँ संकल्प र प्रतिबद्धताको खाँचो छ, हामीलाई यसको महसुस भएको छ । म यो कुरामा सबै राजनीतिक दल, कर्मचारीतन्त्र र नागरिक समाजबाट समेत सहयोगको अपेक्षा गर्दछु,’ प्रधानमन्त्री दाहालले भने ।
‘अघिल्लाभन्दा यो अलि राम्रो छ भनेर मैले प्रतिक्रिया पाएको छु। तर यसको इमान्दार कार्यान्यनतिर गठबन्धनका सबै दल लाग्नुपर्ने र मन्त्रालयहरूले पनि यहीअनुसार कार्ययोजना ढालेर गर्न जरुरी छ,’ उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ