सर्वोच्चको आदेशले अप्ठयारोमा रवि, उनीसँग छ त अमेरीकी नागरिकता त्यागेको निस्सा ?

सर्वोच्चको आदेशले अप्ठयारोमा रवि, उनीसँग छ त अमेरीकी नागरिकता त्यागेको निस्सा ?

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

चैत्र २२ काठमाण्डौँ । पत्रकारीता छाडेर चुनाव लड्नासाथ गृृहमन्त्री र उपप्रधानमन्त्री समेत हुन सफल भएका रवि लामिछाने यतिखेर फेरी उपनिर्वाचन लडदैछन् । उनकै कारण चितवन २ मा उपनिर्वाचन हुँदैछ । उनले नेपाल छाडेर अमेरीका गएपछि त्यहीँको नागरिकता लिएका थिए । तर त्यो छाडेर नेपाल आएपछि सोही पुरानो त्यागिसकेको नागरिकता प्रयोग गरेको र उनले समयमै सो नागरिकता पुनप्राप्ति नगरेका कारण सर्वोच्चले उनको सबै पद खारेज गरिदियो ।

अहिले उनी फेरी त्यही त्यागिसकेको ेनपाली नागरिकताका आधारमा दोहोरो पासपोर्ट लिएको र दुरुपयोग गरेको अभियोग खेपिरहेका छन् ।

आज सर्वोच्चले उनले अमेरीकी नागरिकता त्यागेको निस्सा झिकाउन आदेश दिएको छ । उनले शक्तिका आडमा नेपाली नागरिकता तत्कालै पुनप्राप्ति गरेर नेपाली नागरिकता फेरी लिए पनि उनले अमेरीकी नागरिकता त्यागेको हो कि हैन ? भन्ने अमेरीकी निकायले स्पष्ट जानकारी नेपाल सरकारलाई दिईसकेको छैन ।

यदी उनले अमेरीकी नागरिकता त्यागिसकेको निस्साको प्रमाण पेश गर्न सकेनन् भने फेरी उनी अप्ठ्यारो स्थितिमा पर्न सक्ने कानुन विदहरुको आशंका छ ।

कानुनविद खिमलाल देवकोटाले विदेशी नागरिकता लिईसकेको कुनै पनि नेपालीले विदेशी नागरिकता त्यागेको ९० दिन सम्म मनोनयन, नियुक्ति वा सिफारिस हुन सक्ने अवस्था नहुँदा नहुँदै पनि उनलाई फेरी चितवन २ मा उपनिर्वाचन लड्न आयोगले अनुमति दिएको छ । जसले गर्दा चितवन २ मा पनि फेरी अप्ठ्यारो स्थिति आउन सक्ने संभावना छ ।

लामिछानेले जनसमर्थन रहेकै आडमा राज्यलाई ढाँटछल वा अटेर गरेमा कुनै पनि बखत कानुनी कार्बाही अघि बढ्न सक्ने भएकाले जोखिम कायम छ । उनले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिँदा नै आफ्नो राहदानीको मुद्धा नचलाउने निर्णय गराउन सरकारलाई बाध्य पारेका थिए ।

युवाराज पौडेलले दर्ता गरको निवेदनका आधारमा आवस्यक प्रमाण पेश गर्न नसके लामिछाने फेरी अप्ठेरोमा पर्न सक्ने आकंलन रहेको छ ।

स्रोतका अनुसार हाल सम्म लामिछानेले अमेरीकी नागरिकता त्यागेको आधिकारीक निस्सा र जरिवाना तिरेको रसिद नेपालमा पेश गर्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ