माओवादीको निष्कर्षः कोशी प्रदेशमा पहिचानको पक्षमा उभिनु पर्छ, पहिले कमजोरी भयो

माओवादीको निष्कर्षः कोशी प्रदेशमा पहिचानको पक्षमा उभिनु पर्छ, पहिले कमजोरी भयो

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

चैत्र २२ काठमाण्डौँ । माओवादी केन्द्रले कोशी प्रदेशको नामाकरणमा यस अघि कमजोरी भएको निष्कर्ष निकाल्दै पहिचानको पक्षमा उभिने निष्कर्ष निकालेको छ ।

माओवादी पदाधीकारीको आज बसेको बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। पार्टी निर्णयबारे जानकारी दिदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको स्पष्ट पारेका छन् ।

उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए। त्यसै आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए।

उनले भने, ‘बैठकले ३ वटा निर्णयहरु गरेको छ। एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ। अर्को निर्णय, आन्दोलन उठिराखेको छ। आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ। छानबिन भइरहेको छ। के कसरी भएको हो भन्ने सरकारले गर्छ। हामीचाहीँ शहीद घोषणा गर्नुपर्छ। र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ। तेस्रो कुरा, मिटरब्याजीहरुको आन्दोलन चलिरहेको छ त्यो विषयमा हामी मिटरब्याजी पीडितहरुकै पक्षमा छौँ भन्ने कुरा सरकारले छानबिन गर्नुपर्छ। अध्ययन गर्नुपर्छ। वार्ता, सम्वादबाट समस्याको हल खोज्नुपर्छ।’

बैठकले मिटरब्याजी पीडितहरुको पक्षमा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने भनि निर्णय गरेको छ। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहीवारसम्म पूर्णता पाउने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ