चैत्र २२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् ।
बुधबार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए । उनले गणतन्त्रको बिरोध गर्नेहरुप्रति लक्षित गर्दै परिक्षामा फेल भएकाहरुले व्यवस्था बिरुद्ध प्रश्न उठाउनुको अर्थ नरहेको बताए ।
यसै गरी उनले यो गठबन्धन कायम रहदा रहँदै पनि वामपन्थीहरुको मोर्चा भने बनाउने प्रयास भईरहेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline