पाँच दलद्धारा निर्वाचनमा गठबन्धनका उम्मेद्धार जिताउन अपील

पाँच दलद्धारा निर्वाचनमा गठबन्धनका उम्मेद्धार जिताउन अपील

  • मङ्लबार, चैत्र २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

चैत्र २१ काठमाडौँ । सत्ता गठबन्धनका पाँच राजनीतिक दलले आफ्ना आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । आज शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गठबन्धन दलबाट तनहुँ १मा कांग्रेसका गोविन्द भट्टराई, चितवन- २ मा जीतनारायण श्रेष्ठ र बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुलाई नै जिताउन गठबन्धनले अपील गरेका छन् ।

गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृतरुपमा परिचालित हुन आवश्यक छ, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ