काठमाडौँ चैत्र २० । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार सञ्चालन भए पछि एक सय दिनमा भएका कामहरुको विवरण सार्वजनिक भएको छ ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
यसै गरी अर्थतन्त्रमा सुधार, विद्यालयहरुमा पाठ्यक्रम पढाई शुरु हुनु अघि नै पुर्याईएको, विभिन्न आयोजनाहरु अघि बढाईएको कुरालाई पनि सरकारले उपलव्धिको सुचीमा राखेको छ ।
यस अवधिमा ज्यादै भीड लाग्ने राहदानी वितरण सहज हुने गरी सरकारले काम गरेको छ । यसै गरी प्रधानमन्त्रीले तेस्रो कार्यकालमा जनयुद्धका ८ हजार बढी शहीदहरुको नामावली राजपत्रमा प्रकाशित गर्न पनि सफल भएका छन् ।
प्रधानमन्त्री कार्यलयले जारी गरेको सरकारको सय दिने उपलव्धिको पूर्ण विवरण हेर्नुहोस् :
https://drive.google.com/file/d/1QDv8OagrJ9TpEx-t65S2UkG0cMuJ90bQ/view?pli=1