उम्मेदवारी दर्तापछि रविले भने– ९९ प्रतिशत कर्मचारीले सरकारी सम्पति दुरुपयोग गर्छन्, मेरो त्रुटी कत्रो हो हेरौँ

उम्मेदवारी दर्तापछि रविले भने– ९९ प्रतिशत कर्मचारीले सरकारी सम्पति दुरुपयोग गर्छन्, मेरो त्रुटी कत्रो हो हेरौँ

  • सोमवार, चैत्र २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

१० चैत, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि लामिछानेले आफु उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताए । नागरिकता सम्बन्धी विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले आफूले गरेको त्रुटी कत्रो भन्ने भन्ने कुरा हेरिदिन आग्रह गरेका छन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएकाले आगामी बैशाख १० उपनिर्वाचन हुँदैछ । पुनः सोही क्षेत्रमा उपनिर्वाचन लड्न लाग्दा केही अनौठो लागे पनि उत्साहित र आशावादी रहेको उनले बताका हुन् ।

नेपाली नागरिकता त्यागेर अमेरिकाको पीआर लिएको र नेपाल फर्किपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दौ सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर खारेज भइसकेको पुरानो नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध अर्को मुद्दा परेको छ ।

उम्मेदवारी दर्तापछि सन्चारकर्मीले सोही मुद्दाबारे लामिछानेलाई राखेको जिज्ञासाको जवाफ दिने क्रममा आफ्नो अपराध कत्रो हो भन्ने कुरामा विवेक प्रयोग गर्नुपर्ने बताए । अधिकाशं कर्मचारी भ्रष्टचार र सरकारी सम्पति दुरुपयोगमा संलग्न रहेका भन्दै उनले कसले कति गर्यो भन्ने मात्रा मात्रै फरक रहेको बताए ।

सरकारी कार्यालयको कलम कर्मचारीको घर पुग्ने गरेको बताउँदै रबीले भने, ‘९९ प्रतिशत कर्मचारीले सरकारी कार्यालयको कलम घरमा लगेर आफ्ना छोराछोरीलाई लेख्न दिनुहुन्छ । त्यो कलम सरकारी सम्पत्ति हो नि । सरकारी सम्पत्तिको दुरुपयोग हो कि होइन । तर त्यसको मूल्यमा नजानुस् । त्यसरी नै मेरो त्रुटी कत्रो हो हेरौं ।’

उनले अगाडि भने, ‘कलम लगेर छोराछोरीलाई नदिने बिरलै छन् होला । यदि मुद्दामाथि मुद्दा चल्ने हो भने, दुरुपयोग नै हो भन्ने हो भने प्रत्येक कर्मचारीलाई मुद्दा हाल्न सकिन्छ । के हामी त्यसरी जान चाहेको हो र ? मैले न्यायिक प्रक्रियालाई कहिले नजरअन्दाज गरेको छु र ? ’

फेरि पनि न्यायको कठघरामा उभिनुपर्छ भने त्यसका लागि जीवनभर तयार रहेको लामिछानेले बताए । तर आफूलाई न्यायालयप्रति विश्वास भएको उनले बताए । ‘कुन किसिमको सजाय भोग्नुपर्छ भनेर जीवनभर तयार भएर बसेको मान्छे हुँ,’ लामिछानेले भने, ‘मलाई न्यायालयमा विश्वास छ, न्यायमूर्तिहरु प्रति विश्वास छ, मलाई न्यायिक प्रक्रियामा विश्वास छ ।’

उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ