भीम रावललाई स्पष्टीकरण लिने एमालेको तयारी, विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली गठन

भीम रावललाई स्पष्टीकरण लिने एमालेको तयारी, विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली गठन

  • शनिबार, चैत्र १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

चैत्र १८ काठमाण्डौँ । नेकपा एमालेले पार्टीप्रति असन्तुष्ट नेता भीम रावलसँग स्पष्टीकरण लिने तयारी गरेको छ । पहिला उनीसँग वार्ता गरेर सहमति खोज्ने र नभए स्पष्टीकरण लिएर आवस्यक निर्णय लिने तयारी भएको एक नेताले बताए ।

उनले एमाले भित्रै बसेर अध्यक्ष ओली सहितका नेताहरुको आलोचना गर्दै आएका छन् ।

केही दिन अघि मात्रै अछाममा पुगेका विष्णु पौडेलले आलोचना गरेपछि रावलले पत्रकार सम्मेलन नै गरेर नयाँ कदम चाल्न सक्ने चेतावनी दिएका थिए ।

त्यसपछि सके सम्म रावललाई पार्टी भित्रै राखेर जिम्मेवारी दिने नभए स्पष्टीकरण लिएर नयाँ निर्णय लिनका लागि वार्ता समिति बनेको एक नेताले बताए ।

रावलले आलोचना गर्दै आएका मध्य एक विष्णु पौडेललाई नै वार्ता टोलीको प्रमुख बनाईएको छ । सो समितिमा रावलले नरुचाएका पूर्व माओवादी नेता लेखराज भट्ट र कण थापालाई राखिएको छ ।

शूरुमा माधव नेपालसँग रहेका रावल पछि महाधिवेशनमा अध्यक्ष ओली बिरुद्ध चुनाव लडेका थिए । त्यसपछि रावल गत निर्वाचनमा टिकट नपाएपछि नेतृत्व बिरुद्ध आक्रामक बन्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ