तोकिएको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई आयोगको निर्देशन

तोकिएको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई आयोगको निर्देशन

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, १७ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगले आज एक प्रेु विज्ञप्ती जारी गरि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।

उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिनसक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को अनुसूची २ बमोजिमको ढाँचामा नामावली उतार उपलब्ध हुनेछ।

आयोगले उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण पनि सार्वजनिक गरेको छ ।

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ