चैत्र १६ काठमाण्डौँ । दलहरुबीच मन्त्रालयको टुंगो लागेकाले आज प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् ।
तत्काल रास्वपा बाहेकका ९ दल सरकारमा सहभागी हुनेछन् । हिजो भएको सहमति अनुसार काँग्रेसले ८, माओवादीले ५ मन्त्रालय लिनेछन् ।
यसै गरी एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
उनीहरुले कुन कुन मन्त्रालय लिने भन्ने सहमति हुन बाँकी छ । त्यो आजै टुंग्याएर मन्त्रीहरुलाई शपथ गराईनेछ ।
आज रास्वपा भने सरकारमा जाने छैन । उसले रवि लामिछानेकै नेतृत्वमा तीन वटा मन्त्रालय चाहिने भने पनि लामिछानेलाई चुनाव पछि आउन र अहिले अरुलाई पठाँउदै गर्न प्रधानमन्त्रीले भनेका थिए ।
तर लामिछानेले आफू नै नेतृत्व गरेर सरकारमा जाने भनेपछि रास्वपा भने अहिलेलाई सरकारमा सहभागी हुने छैन । उसका लागि मन्त्रालय भने बाँकी राख्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।