चैत १५, काठमाडौँ । एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको छ ।
पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका भुसालको नेतृत्वमा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रकाश ज्वाला सरकारमा सहभागी हुने भएका हुन् ।
पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । ज्वालालाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको एक नेताले बताए । तर भुसाललाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन ।
ज्वालाले पार्टीले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्रीकहाँ नियुक्तिका लागि नाम पठाउने निर्णय भएको हो उनले भने ।
एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा अन्तिममा दुई मन्त्रालयमा सहमति जुटेको बताइएको छ । सत्तारुढ गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।