तीन मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा नजाने

तीन मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा नजाने

  • बुधबार, चैत्र १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

चैत १५, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ।
पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले तीन मन्त्रालयको अडान कायमै राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

पार्टीको तर्फबाट मंगलवार नै तीन मन्त्रालय माग गरेको प्रस्ट पारिसकेका जानकारी दिदैँ उनले प्रधानमन्त्रीजीको तर्फबाट के आउँछ हामी कुरिरहेका बताए ।

प्रधानमन्त्रीले नाम माग्ने वितिकै तीन जनाको नाम दिन पार्टी तयार रहेको उनको भनाई छ । हामीसँग नाम रेडी छ।

पार्टीले गठबन्धन निर्माणमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले राष्ट्रियसभाको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि पार्टीको भूमिका महत्वपूर्ण रहेको र तीन मन्त्रालय जसरी पनि पाउनुपर्ने दाबी गरे।

स्रोतका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा सदस्यसमेत रहेका बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी गराउन चाहेका छन्। भुसालले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि अध्यक्ष नेपाल जसरी पनि उक्त मन्त्रालय पाउनुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन्।

अध्यक्ष नेपालले भौतिक योजनासहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेका छन्। पार्टीको महासचिवमा घनश्याम भुसाललाई ल्याएपछि बेदुराम रुस्ट छन्। भुसाललाई भौतिक योजनामा पठाएर अध्यक्ष नेपालले उनलाई आश्वासत पार्न खोजेको स्रोतको भनाइ छ। गठबन्धन दलबीच भने समाजवादी पार्टीलाई दुई मन्त्रालय र एक राज्यमन्त्री दिने बिषयमा छलफल भएको स्रोत बताउछ । तर पार्टी भित्रबाट मन्त्री बन्ने आकांक्षी धेरै भएपनि राज्यमन्त्रीमा जान कोहि तयार नरहेको पार्टी स्रोत बताउछ । त्यसैले पार्टीलाई तीन मन्त्रालय दिनुपर्ने अडान पार्टीले राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ