चैत १५, काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको लडाइँ पुरुषविरुद्ध नभइ पितृसत्ताविरुद्ध भएको बताएकी छिन् ।
नारी मासिकले आज आयोजना गरेको कार्यक्रममा बोल्दै न्यायधिस मल्लले न्यायिक प्रक्रियामा आत्सम्मानको गोपनीयताको संरक्षण गरेको भएपनि प्रभावकारी र उत्तरदायी न्यायमा पहुँचको सुनिश्चितता कसरी गर्ने चुनौती रहेको बताइन् । यसका लगि समन्वय गर्न र चेन अफ जस्टिस आवश्यक रहेको उनले बताईन् । पीडितको आत्मविश्वास बढाउन यो आवश्यक रहेको भन्दै न्यायाधीश मल्लले विभेद यत्रतत्र रहेकाले त्यसलाई चिर्दै महिलाहरू अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताइन् ।
कसरी रोक्ने विभेदरु यसका बारेमा विभेद के हो भनेर बुझ्नुपर्छ । एउटा अधिकारमा क्षति पुर्याउनु अनि फरक व्यवहार पनि हो विभेद । बहिष्करण पनि विभेद हो भनले भनिन्, मानसिक स्वास्थ्य र प्रजनन अधिकारलाई पनि सुनिश्चतता गर्नुपर्ने हुन्छ ।
९० प्रतिशत साइबर क्राइम महिलामाथि हुने गरेको तथ्यांकले देखाएको बताउँदै प्रविधिमाथि महिलाको पहुँच बढाउन आवश्यक भएको तर सर्तकता अपनाउन जरुरी रहेको उनले बताइन् ।