विश्वास गर्नुहोस्, यो सरकार पाँच वर्षसम्म टिक्छः प्रधानमन्त्री प्रचण्ड

विश्वास गर्नुहोस्, यो सरकार पाँच वर्षसम्म टिक्छः प्रधानमन्त्री प्रचण्ड

  • बुधबार, चैत्र १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म जाने दाबी गरेका छन् ।
न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच वर्षको अवधिमा सरकार टिक्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठ्यारो भएको बताएपछि प्रचण्डले सरकार पाँच बर्ष नै टिक्ने बताएका हुन् । शाहले सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हने बताएपछि प्रचण्डले त्यसको जवाफ दिँदै भने, ढ्क्क हुनुहोस्, मलाई विश्वास छ कि यो सरकार पाँच वर्षसम्म जान्छ । परिवर्तनलाई संस्थागत गर्नु अहिलेको मुख्य दायित्व हो । ’

जनयुद्धको जग र ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको प्रचण्डको भनाइ छ।

स्थानीय तहहरूले संविधान,संघीय कानुनहरू र प्रदेश कानुनहरूसँग नबाझिने हदसम्म कानुन निर्माणको अधिकारसमेत राख्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, यो व्यवस्था विगतका परम्परा र अनुभवभन्दा पृथक मात्र छैन, विश्वका लागिसमेत प्रेरणादायी छ ।’

संविधानले व्यवस्था गरेअनुरुप राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूहरूसामु रहेको बताए ।

वर्तमान सरकार संघीय शिक्षा ऐन,संघीय निजामती ऐनलगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको भन्दै प्रचण्डले भने, ‘कतिपय संघीय कानुनहरूसमेत एकाअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी भूमिका खेलिरहेको छ । ऐनहरूले निर्माण र संशोधनको प्रक्रिया पूरा हुँदा हाम्रो संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्नेछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ