अब आउने संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश गर्ने मन्त्री मोदीको दाबी

अब आउने संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश गर्ने मन्त्री मोदीको दाबी

  • बुधबार, चैत्र १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

चैत १५, काठमाडौं ।  संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अब आउने संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश गर्ने बताएका छन् । उनले स्थानीय पालिकाले जनताको चाहना बमोजिम काम गर्नुपर्ने बताए ।
न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन अवसरमा बोल्दै मन्त्री मोदीले कयौं वर्षदेखि अड्किएको संघीय निजामती सेवा ऐन अन्तिम चरणमा पुर्‍याइएको बताएका हुन् । अब अर्को संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश हुने बताए ।

मन्त्री मोदीले भने,‘स्थानीय पालिकाले जनताको चाहना बमोजिम काम गर्नुपर्छ । संघीय निजामती सेवा ऐन ल्याउने लक्ष्य लिए,सबैको सुझाव लिएर एउटा प्रक्रियामा पुर्‍याए । कानुन र अर्थ मन्त्रालयमा सहमतिका लागि पुगेको छ ।’

उनले श्रेणीगत कि तहगत भन्ने विवाद अन्त्य गरी तहगत लागू गरिने बताए । ऐनमा उमेरहद ६० वर्ष राखिएको उनको भनाइ छ।

मोदीले भने,‘स्थानीय तहको विकट ठाउँमा कोहि कार्यकारी जान नचाहने अवस्था छ । त्यो कार्यकारी अधिकृत हुँदैन भनेर त कहिले राख्नुपर्‍यो भनेर ग्रुपग्रुप आउँछ । ’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ